|

अर्घाखाँची / बुटवल : नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम अनियमिता गरेको आरोप लगाएका छन्। त्यसबेला हिनामिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको पनि उनले बताए। 

बुटवलमा पूर्व-जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले तीलगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।

मन्त्री रायमाझीले भने, '१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो? हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो?, प्रचण्डले जवाफ दिनुपर्छ। उनले भने, 'जनमुक्ति सेनालाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।'

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो? पार्टीभित्रै मिलाउनुपर्दैन?, उनले प्रश्‍न गर्दै भने, 'उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनु भएको छ। संसद पुनस्थापना सयमा एक प्रतिशत पनि हुँदैन।' प्रचण्ड माधव समूहलाई सच्चिएर मूल पार्टीमै फर्किन पनि रायमाझीले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.