|

राजेश कोइराला   

अन्तरिक्षलगायत वैश्विक सीमासम्म अभूतपूर्व विकसित संचार–यातायातसँगै फैलिएका वैज्ञानिक, राजनीतिक, सामाजिक, शैक्षिक, साहित्यिक खोज–अनुसन्धानका उपलब्धि र त्यसैसँग निरन्तर उद्धिएका मानवीय चेतनाको एउटा प्रमुख पाटो हो जीवन–जगत् र खासगरी मान्छेका बारेमा गरिएका अध्ययनमा विषयवस्तु र संख्या दुवै दृष्टिले आएका बाढीतुल्य प्रकाशन।  

यसै क्रममा देखा परेको छ प्रकाशमणि दाहालले लेखेको मानव मनको दार्शनिक अध्ययन भनिएको मनस्तरङ्गिणी नामक मनोविज्ञान विषयक ननफिक्सन पुस्तक। यस पुस्तकलाई कथालय इन्क. काठमाडौं प्रकाशकले २०७६ असारमा बजारमा ल्याएको हो।

यस पुस्तकमा जम्मा ९ वटा पाठ छन् जसका शीर्षक क्रमश संवेदनशीलता र संवेदनहीनता ; माइक्रोदेखि मेगासम्म; मान्छेको मन;  आफैं भित्र अवस्थित छिचोलि नसक्नुको वन; अनुभवको एउटा पक्ष; ठूलाको डर; प्रेम, यो प्रेम, यो अनौठो प्रेम; विश्वास, विवेक, विभ्रम र व्यवहारको विकट संजाल; धर्मको वास्तविक हाल; राष्ट्रको मन; राष्ट्रका मान्छेको मन; भाषा मनको प्रवक्ता, प्रथम कार्य तथा प्रथम औजार; मानवीय कला अभिव्यक्ति, सिर्जना र परिष्कारको अन्त्यहीन सिलसिला र उसको गन्तव्य हुन्।

यसका सुरु र अन्त्यका दुई पाठ निबन्ध हुन् र बाँकी सात शृङ्खलाबद्ध खोजमुलक प्रबन्ध हुन्। यो कृति एउटा पातलो आख्यानिक संजालमा बेरिएर प्रस्तुत छ जसलाई यसका दुई पात्रले पढेर सुनाउँछन्।

यसको सार हो,  'एउटा नाम, रूप, आकारको शरीररूपी जीवित खोलमा अन्तर्निहित मन नै मान्छे हो। मान्छेको यो मन शाश्वत ब्रह्माण्डीय चेतनाको भय र प्रेमजन्य भावनाका रूपमा भएको एकाइबद्ध जैविक प्रकटीकरण हो जुन धर्म र राजनीतिसम्म फैलिन्छ र भाषा र कलाका माध्यमबाट भाषा र कलाकै रूपमा सक्रिय रहन्छ। यो मन जति संवेदनशील हुन्छ मान्छे उति नै उत्तम हुन्छ र मान्छे जति उत्तम हुन्छ उसको संसार उति नै उत्तम हुन्छ।'

पहिलो पाठमा भनिएको छ - चेतनाजन्य संवेदनशीलता नै मन हो। तर दैनिक जीवनमा मान्छे विभिन्न कारणले हुनुपर्नेजस्तो संवेदनशील हुँदैन। कतै अति संवेदनशील हुन्छ कतै अति संवेदनहीन। अत मान्छे हुनुपर्ने जति सफल र सुखी छैन। कारण सान्दर्भिकता अनुसार संसारका सबै मान्छे आपसमा अल्प वा सघन सम्बद्ध हुनेहुँदा एकार्काको संवेदनशीलता वा संवेदनहीनताले एकार्कालाई सकारात्मक वा नकारात्मक असर पारिरहेको हुन्छ। अझ जिम्मेदार व्यक्तिको संवेदनहीनताले त उसको स्थानअनुसार व्यक्ति, परिवार, समाज, राज्य र विश्वलाई नै हानि गराइरहेको हुन्छ ।

 दोस्रो पाठमा मनका एघार प्रकृति, बाह्र प्रवृत्ति, छ विशेषता, तीन सीमा, मनको उत्पत्ति, संरचना तथा मन–आत्मा–बुद्धिको तुलनात्मक विश्लेषणलगायतको विवेचनात्मक अध्ययन गरिएको छ। मनबारे गुणतत्वका रूपमा पन्चतत्वमा विद्यमान् चेतना नै ती तत्वकै संयोगद्वारा जैविक एकाइका रूपमा विकसित हुँदै जीव उत्पन्न हुँदा एकाइस्वरूप त्यसको मन बनिन्छ जो केवल सुखको चाहना र प्राप्तिको अनुभूति मात्रै हो भनिएको छ।

उसको प्रमुख सुख सुरक्षित अनुभव हो जुन त्यसको जानकारी, प्राप्तिको चाहना, सक्रियता, प्राप्ति र अनुभूतिको प्रथम आधार, औजार र साधन शरीर र सम्बन्धित बाह्य वस्तुकै सुरक्षाभाव हो। अत मनरूपी सुरक्षाभावी चेतना सुरक्षा दिने शरीर तथा अन्य वस्तुप्रति सदा स्वत आकर्षित र आबद्ध रहन्छ जुन प्रेम हो।

यही सुरक्षा र सुखको अक्षुण्ण अनन्यताभाव (यिनको जानकारी, प्राप्तिको चाहना, सक्रियता, प्राप्ति र उपभोगको अनुभूति) विकसित हुँदै नातागोता, देश, पहिचान र त्यतिले पनि नपुगेर भगवान् तथा कानुन, सरकार आदिआदि असीमित सीमासम्म फैलिँदै जान्छ।

अत भय अर्थात् सुरक्षाभाव मनको प्रथम मौलिक र प्रेम अर्थात् आबद्धताभाव द्वितीय मौैलिक अङ्ग हुन्। यदि मनबाट यी दुई कुरा झिकिदिने हो भने मन केवल बिजुलीको ज्यूँदो तारजस्तो भावरहित चेतनामात्र रहनेछ। त्यसैले भय र प्रेम मनका मौलिक अङ्ग हुन् तथा धर्म र राजनीति(राष्ट्रको मन) पछि निर्मित उपाङ्ग हुन् तथा भाषा र कला मनका कार्य हुन् भन्ने स्थापित गरिएको छ र प्रत्येकको क्रमश अलगअलग अध्ययन गरिएको छ।

मनको प्रथम आदिअङ्ग भय(सुरक्षाचेत) र प्रेम(आबद्धताचेत)को परिचय, किसिम, तिनका विशेषता, व्यक्तित्वमा तिनको प्रभाव र भय हटाउने उपाय(भयमा) आदिको अध्ययन गरिएको छ।

मनको पछिबाट निर्मित पहिलो उपाङ्ग भनिएको धर्मको ११३ पृष्ठमा पैmलिएको सबैभन्दा विस्तृत अध्ययन भएको छ। यसलाई (१)विषय प्रवेश, (२)परिभाषा ृप्रचलित परिभाषा, वास्तविक पभिाषा(वास्तविक परिभाषाका ५ शर्त प्रत्येकको अध्ययन, भौतिक÷प्राकृतिक धर्म र मानवीय धर्म, आत्मिकता र धार्मिकता,

मानवीय धर्मका ६ सिद्धान्त क्रमश रहस्य, भय, सुखवाद, समर्पण, कर्तव्य, अन्धविश्वास र निष्कर्ष, (३)धर्म विज्ञान हो कि कला तथा धर्मको उद्देश्य, (४)धर्ममा सम्प्रदाय(आस्था सम्प्रदायमा आस्तिकतर्पm इसाई, इस्लाम तथा हिन्दू र नास्तिकतर्पm बौद्ध र जैन); हिंसक–अहिंसक सम्प्रदाय, वैयक्तिक(देवता÷गुरु) सम्प्रदाय, स्थानिक सम्प्रदाय, राष्ट्रिय सम्प्रदाय; (५) धर्म र अन्य समाजशास्त्र(क्रमश धर्म र विज्ञान, कला, राज्य, व्यवसाय तथा संस्कृति) र (६) उपसंहार (धर्मको शाश्वतता र धर्मको व्यवस्थापन) समेत ६ वटा उप शीर्षकमा बाँडेर अध्ययन गरिएको छ।

भौतिक धर्म वस्तुको गुण हो जुन मुलत जडपदार्थमा लागु हुन्छ। तब त यसलाई गुणधर्म नै भनिन्छ। यो धर्म वनस्पति, जनावर तथा मान्छेमा आआफ्नै प्रकारले सीमासीमासम्म भिन्न रूपमा रहन्छ। मानवीय धर्म भने सम्पूर्ण मानवसँग सम्बन्धित धर्म हो जुन गुणधर्मसहित नैर्सिर्गक सर्वव्यापक रहस्य, भय, सुखाकांक्षा, समर्पण तथा नैतिकताका कारण कुनै सर्वशक्तिमान् प्रभुको परिकल्पना। र,  त्यसको छत्रछायामा त्यस प्रभुलाई खुसी पारेर सुख–सुरक्षापूर्वक बाँच्ने विश्वासअन्तर्गत त्यसरी खुसी पार्ने सोचले सिर्जेका र परम्परागत अभ्यासमा थपिएका विशद मनगढन्त कर्मकाण्ड र त्यसमा अज्ञानता, अन्धविश्वास र अवसारवादी मनसायपूर्वक थपिएका मान्यता, व्यवहार, संस्थापन आदिसमेतको वृहत् संजाल हो भनिएको छ।

दोस्रो निर्मित उपाङ्ग भनिएको राष्ट्रको मन;  राष्ट्रका मान्छेको मन शीर्षक आलेख मान्छेका मनको राजनैतिक पक्षको अध्ययन हो। यसमा राष्ट्रको परिचय, राष्ट्रमनको निर्माण(विश्वमनश्रराष्ट्रमनश्रसंगठनमनश्रअणुमन अर्थात् व्यक्तिमन हुँदै समष्टि–व्यष्टि तथा व्यष्टि–समष्टि भएर बन्ने) र प्रतिनिधि मार्फत् सक्रिय हुने बताइएको छ।   तर प्रतिनिधिमाथि अंकुश सजिलो नहुने, ऊ प्राय प्राथमिक रूपमा निजी स्वार्थद्वारा निर्देशित हुने र वैचारिक, सैद्धान्तिक विविधतामा बाँडिने हुँदा एकढिका हुन र राष्ट्रिय हितमा पूर्ण समर्पित हुन चुक्ने हुँदा प्राय राष्ट्रहरू त्यस्ता प्रतिनिधि अर्थात् नेतृत्वको कमजोरीका कारण सम्भव उन्नति र सुखसन्तुष्टिबाट वन्चित रहने बताएर जनदवाब समेतले नेतृत्वको मन असल बनाउन आवश्यक भएको निष्कर्ष गरिएको छ।

मन केही नगरी निष्क्रिय नरहने चेतना भएकाले यो मुलत भाषाका माध्यमबाट सक्रिय रहन्छ र मान्छेले गर्ने–गराउने कार्यमध्ये बोलीले गर्ने जति कार्य (जसको सीमा हुँदैन) भाषाकै रूपमा भाषाकै माध्यमबाट गरिने हुँदा भाषा मनको प्रवक्ता, मनको प्रथम कार्य र प्रथम औजार पनि हो भन्ने निष्कर्षसाथ भाषाका २३ विशेषता तथा भाषा उत्पत्तिका प्रचलित सिद्धान्तको संक्षिप्त जानकारीसमेत दिइएको छ।  

आठौँ कलासम्बन्धी पाठमा मान्छेका सिर्जनाजन्य सबै काम (आवश्यकता प्रयोजनका पनि र सौन्दर्य प्रयोजनका पनि)कला हुन् र ती मनका ऐन्द्रियिक कार्य हुन् भनिएको छ। यसमा कलाको परिभाषा, कलाका तत्व, प्रतीक वा माध्यम, किसिम, कला कलाका लागि कि जीवनका लागि ? भन्ने बहस, कला र कौशल वा हस्तकला, कला र विज्ञानको सम्बन्ध तथा सबैभन्दा ठुलो कलाबारे तुलनात्मक–विवेचनात्मक अध्ययन गरिएको छ।

उपसंहारजन्य अन्तिम निबन्ध उसको गन्तव्यमा मान्छेमा निहित सात असमानता, दश सुख, एघार सांसारिक वास्तविकता, दुई दुख, नौ पाप, नौ नीति, नौ सत्य र नौ साधनको विवेचनात्मक उल्लेखसहित मानवीय अपूर्णता, सम्पन्नताको अपूर्णता र मनलाई राम्रो संस्कार दिन र समग्र व्यवस्थापन गर्नमा राष्ट्रिय नेतृत्वको हातबारे घतिलो चर्चा गरिएको छ।

सान्दर्भिक स्थापना, तर्क र विवेचनालाई उपलब्ध शास्त्रीय, ऐतिहासिक, साहित्यिक तथ्य, प्रमाण, उद्धरणहरूद्वारा पर्याप्त पुष्टि गरिएको छ।

त्यसैकारण पुस्तक जीवन–जगत्का परिदृश्यमा मानव मनको विशद परिचय पाउन र बौद्धिक परिष्कार गर्न रुचि राख्ने हरेक व्यक्तिका लागि अत्यन्त पठनीय, स्मरणीय र सङ्ग्रहणीय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.