|

रौतहट : संसद् विघटनपछि सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णय आफ्नो पार्टी कांग्रेसले मान्ने उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरकेो संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका निधिले भने, 'अदालतले संसद् पुनर्स्थपाना नगर्ने फैसला गर्यो भने कांग्रेस निर्वाचनमा पनि जान तयार छ।'

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रधानमन्त्रीको कदमविरुद्ध कांग्रेस चुप लागेर नबसेको पनि प्रतिक्रिया दिए।

साथै निधिले कांग्रेस अदालतको फैसला कुरेर बसको पनि बताए। ढिलो चाँडो निर्वाचनमा नै जानुपर्ने भएकाले संसद् पुनर्स्थापना नभए पनि कांग्रेस निर्वाचनमा जाने उनको जिकिर थियो। 

कांग्रेसको धारणा प्रस्ट भएकाले पार्टीले कुनै प्रकारको दोहोरो भूमिका नदेखाएको पनि उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.