|

काठमाडौं : 'राजा आऊ देश बचाऊ' भन्दै माइतीघरमा प्रदर्शन भएको छ। जनताको पार्टी नेपालले शनिबार माइतीघरमा राजा ल्याउने भन्दै होम समेत हालेको छ। 

पार्टीका प्रवक्ता श्यामबहादुर सापकोटाले देशको समृद्धिका लागि राजा आउनुपर्ने बताए। देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको उनको भनाइ थियो।

प्रदर्शनमा 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ', 'राजा आऊ देश बचाऊ' लगायतका नारा लगाइएको थियो। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुग्‍ने सापकोटाले जानकारी दिए।

केही तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.