|

संखुवासभा : पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई विर्सिएको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड–माधव समूह संखुवासभाले संसद् विघटनविरुद्ध शनिबार सदरमुकाम खाँबदबारीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहाको जस्तो हुने बताए। ‘ओलीले चालेको असंवैधानिक कदमले जनताका हक अधिकार गुमेका छन्’ नेपालले भने,‘ नेपाली जनताले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ओलीलाई बालुवाटारबाट चाँडै बालकोट पुर्याउने छन्।’

ओलीले चालेको असंवैधानिक कदमविरुद्ध राजनैतिक दल, नागरिक समाज, बुद्धिजिवी, युवा, किसान, विद्यार्थीले आन्दोलन गरिरहेका कारण ओलीको सत्ता चाँडै ढल्ने नेता नेपालले दाबी गरे।

ओलीले पार्टीभित्र तानाशाह लागुगरेपछि उनीसँग अलग भएको बताउँदै नेपालले आफैले सिफारिस गरेको ब्यक्तिले देश र जनतालाई धोका दिएको बताए। लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनले आरोप लगाए।

उनले भने,‘ओलीले श्री ३ बनेर संविधान च्यात्न खोजे। पार्टी बचाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै पटक त्याग गर्नुभयो तर, सकिए।’ उनले चाँडै संसद पुर्नस्थापना हुने ठोकुवा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.