|

संखुवासभा : नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताएका छन्। जननिर्वाचित संसद विघटनको विरोधमा नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै पुनले अदालतको फैसला स्वीकार गर्ने बताएका हुन्। 

पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै दालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्तगरे। ‘न्यायालयले संविधानको अक्षर भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ’, पुनले भने,‘न्यायालयले गर्ने फैसला हाम्रालागि स्वीकार्य छ।’ 

फरक प्रसंगमा पुनले जनयुद्धका घाइते, अपांग र सहिद परिवारको भावनामा नलेख्न सरकारलाई चेतावनीसमेत दिए। ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले गृहमन्त्री रामबहादुर थापालाई तीन वर्षसम्म घच्घच्याए पनि सिन्को नभाँचेको टिप्पणी गरे।

‘तीन वर्षमा घाइते, अपांग, सहिद परिवारलाई राहत घोषणा गर्न पटकपटक भनेको थिएँ’, उनले भने,‘त्यतिबेला सिन्को भाँच्नुभएन अहिले भावनामा खेल्ने प्रयास गरिरहनुभएको छ।’ पुनले आफूहरुको ध्यान ओलीको जस्तो व्यक्तिवादी ‘बा’ पार्टी निर्माणमा नभइ विचार, विधि  र पद्धतिमा आधारित पार्टी बनाउँने अभियान रहेको स्पस्टपारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.