|

काठमाडौं : भारतीय रियालिटी शो ‘बिग बोस’को उपाधि  रुबिना दिलाइकले जितेकी छन्। ​

भारतीय टेलिभिजन कलर्सबाट प्रशारण हुने उक्त शोको १४औं संकरणको उपाधि दिलाइकले हात पारिन्। बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन्। बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा काम गरिरहेकी थिइन्।

बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन्। यसअघि उनी इण्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप बनेका थिए। 

उक्त शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए। उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए। प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो।

सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन्। सलमान खानले आउँदो आठ महिनाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन्। बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.