९ जिल्लामा नेतृत्व टुंगो लगाउन बाँकी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले तल्लो तहसम्म नै नेतृत्व तोक्ने काम तीव्र गतिमा अघि बढाएको छ। साविकको पार्टी दुई फ्याक भएपछि यो पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्ग्याएको हाे। 

३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

इन्चार्ज र सह-इन्चार्ज पनि टुङ्ग्याउन बाँकी रहेको छ। पार्टी विभाजनपछि अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालबीच संगठनात्मक संरचनालाई पूर्णता दिन बराबरी भागबण्डा गर्ने सहमति बनेको थियो। 

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरू तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा/आधा हुनेगरी मिलाउने सहमति बनेको छ। 

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०/५० प्रतिशत हुनेगरी मिलाउने भएको छ।

रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.