|

काठमाडौं : प्रचण्ड-माधव पक्ष नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध कार्यक्रम गरेको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ। विरोध कार्यक्रममा सहभागीहरूले सामाजिक न्यायसहितको समृद्धिको आधार तयार पारौँ, समानुपातिक, समावेशीकरण,तथा धर्मनिरपेक्षाको निर्माण गरौँ, लगायतको प्लेकार्ड बोकेका थिए।

विरोधसभामा सहभागी नेता रघुजिपन्तले सरकारले चालेका कदमको विरोध गर्नको लागि साथै दलितहरुमाथि भइरहेको भेदभावका अन्त्यको लागि विरोध र्‍यालिको आयोजना गरिएको बताए।

माइतीघरमा जम्मा भई र्‍यालीसहित बानेश्वरमा गएर कोणसभामा परिणत हुने नेपाल दलित मुक्ति संगठनले जनाएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.