|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटघाट भएको छ। जबरा र थापाबीच दिउँसो सर्वोच्च अदालतमा भेटघाट भएको हो। 

प्रधानसेनापति थापा र प्रधानन्यायाधीश जबराबीच भेटघाटको विषयबारे सर्वोच्च अदालतले भने केही बोलेको छैन। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको बताए।

‘सर्वोच्च अदालतले नयाँ भवन बनाउँदै छ। त्यसका लागि सेनाले भोगचलन गर्दै आएको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हो’ पौडेलले भने,‘जग्गाकै विषयमा छलफल गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाउनुभएको थियो।’

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा अन्तिम सुनुवाइमा रहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको भेटलाई कतिपयले शंकाको दृष्टिले पनि हेरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.