|

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीको ७०औं जन्मदिन।  

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो। 

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्। 

आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो। अघिल्लो वर्ष ओलीले आफ्नो जन्मदिनमा तेह्रथुमको आठराईमा विकास निर्माणसम्बन्धी कार्यक्रम शिलान्यास गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.