|

काठमाडौं :  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको अन्तिम चरणमा  छ।

फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ भइसकेको छ।

इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुनसक्ने बताएको छ। विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ। एक साताभित्र फैसला आउनसक्ने बताइएको छ।​

विघटनविरूद्ध परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा गत माघ ४ देखि बहस सुरू भएको थियो। सो बहस गत फागुन ७ गते सकिएको थियो। रिटमाथिको सुनुवाइ पुस ८ गते सुरु भएपनि पछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर विषयवस्तुमाथि सुनुवाइ भएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनावको मिति घोषणा गरेकी थिइन्। विघटनविरूद्ध विरोधमा सर्वोच्चमा १३ वटा रिट परेका थिए।  रिटको सुनुवाइ सकिए पछि अब कस्तो फैसला गर्ने भन्ने छलफल सर्वोच्चले थाल्दैछ।

संसद विघटनपछि सत्तारुढ नेकपामा दुई गुट बनेको छ। प्रचण्ड–माघव समूह भने कुनै पनि हालतमा निर्वाचन हुँदैन भन्दै जसरी पनि संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने ओली समूह भने निर्वाचन तोकिएको मितिमै हुने बताउँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.