काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन्।
विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित गरेका थिए। त्यसबारेमा प्रतिक्रिया दिँदै खरेलले थाहाखबरसँग भने ‘राजीनामा गरेको छैन। गर्ने अवस्था पनि छैन। गर्दा पनि गर्दिन। मेरा विरूद्ध चलाइएको हल्ला हो।’
संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए। खरेलले आफुविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको पनि दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।