|

श्रीलंकाका पूर्व तीव्र गतिका बलर चामिन्डा भासाले तलब विवाद उत्पन्न भएपछि श्रीलंकाको बलिङ प्रशिक्षकबाट राजीनामा दिएका छन्। उनले तीन दिनअघि मात्र श्रीलंका क्रिकेटको बलिङ प्रशिक्षकको जिम्मेवारी लिएका थिए।

भास टिमसँगै सोमबार राति नै वेस्टइन्डिज जानुपर्ने कार्यतालिका थियो। श्रीलंकाको टिमले वेस्टइन्डिजमा ३ टी–२०, ३ एकदिवसीय र २ टेस्ट सिरिज खेल्ने कार्यतालिका छ। 

श्रीलंका क्रिकेटका अनुसार भासले धेरै तलब माग गरिरेहेका जनाएको छ। अहिले पूरै विश्व कोरोना महामारीका कारण आर्थिक संकटसँग जुधिरहेको छ। यस्तोमा उनको सर्त मान्नु श्रीलंका क्रिकेटका लागि असम्भव भएको श्रीलंका क्रिकेटका अधिकारीहरुले जनाएका छन्। जसका कारण भासले राजीनामा दिएका हुन्।

खराब प्रदर्शनपछि भासलाई प्रशिक्षकको जिम्मेवारी

दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग खराब प्रदर्शन गरेपछि श्रीलंकाले बलिङ प्रशिक्षकको रुपमा भासलाई नियुक्त गरेको थियो। गत साल डिसेम्बरमा दक्षिण अफ्रिका भ्रमणका क्रममा २–० ले हराएको थियो। जहाँ यो वर्ष जनवरीमा इंग्ल्यान्डले आफ्नै मैदानमा श्रीलंकालाई २–० ले नै हरायो। 

उत्कृष्ट खेलाडी भास

भासले करियरमा श्रीलंकाका लागि १११ टेस्ट र ३२२ एकदिवसीय खेल खेलेका छन्। जहाँ उनले टेस्टमा ३५५ विकेट लिँदा एकदिवसीयमा ४०० विकेट लिए। उनी श्रीलंकाका अहिलेसम्मका उत्कृष्ट बलरमध्ये पर्छन्।

४७ वर्षका पूर्व तीव्र बलरले केही समयअघि सम्पन्न फिटनेस दौडमा २ किलोमिटर ७ मिनेट ३० सेकेन्डमा नै पूरा गरेका थिए। जबकि यस्को इस्टन्डर्ड समय ८ मिनेट ३५ सेकेन्डको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.