|

च्याम्पियन्स लिगअन्तगर्त राउन्ड अफ १६ का बाँकी ४ मध्ये दुई खेलहरू राति हुँदै छन्।

जसअन्तर्गत आज राति ला लिगाको शीर्ष स्थानको एट्लेटिको मड्रिडले इंग्लिस टोली चेल्सीको सामना गर्नेछ भने बुन्डेस लिगाको बार्यन म्युनिख र लाजियोबीच भिडन्त हुँदै छ। दुवै खेल राति पाैने २ बजे हुनेछ।  

एट्लेटिको मड्रिड समूह 'ए' को उपविजेत हो। समूह चरणमा ६ मध्ये दुई खेलमा मात्र जित निकालेको उसले यो चरणमा बार्यन म्युनिखसँग ४–० को लज्जास्पद हार बेहोरेको थियो। चेल्सी भने समूह 'ए' को उपविजेता हो। समूह चरणमा बलियो उपस्थिति देखाएको चेल्सीले कुनै पनि खेल हारेको थिएन। ४ खेलमा जित र २ खेल बराबरी गरेको चेल्सीले १४ अंक बनाएर सेभिल्लालाई उछिनेको थियो। 

त्यस्तै साविक विजेता जर्मन टोली बार्यन समूह 'ए' को विजेता हो। ६ मध्ये पाँचमा जित र १ बराबरी गरेको यो टोली अहिले उच्च फर्ममा छ। लाजियो भने समूह 'एफ' मा जम्मा दुई जित मात्र निकालेर उपविजेता भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.