|

काठमाडाैं : निरन्तर रूपमा प्रत्येक वर्ष शैली थिएटरले संचालन गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव यसपटक फरफ शैलीमा आयोजना गर्ने भएको छ।

रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा १२औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल रुपमा गर्न लागिएको हो।  

कोभिडका कारण अझै पनि थिएटरसम्म बालबालबालिका ल्याई नाटक मञ्चन गर्ने वातावरण बनिनसकेको छैन। त्यसैले यसपटक भर्चुअल नाटक महोत्सव गर्न लागेको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी गराए।

बुढाथोकीका अनुसार दशौं वर्ष सम्म रसियन कल्चरसँग मिलेर निरन्तर बालनाटक महोत्सव गर्‍यौं, गएको एघारौं महोत्सवबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पनि नाटक महोत्सवमा रुचि देखाएर शैली थिएटरसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएअनुसार तीन वटा संस्थाको सहकार्यमा १२औंबालनाटक महोत्सव हुन लागेको हो।

कोभिडका कारण  यसपटक महोत्सव गर्ने वा नगर्ने भन्ने दुविधाको बीच भर्चुअल माध्यमबाट भए पनि महोत्सव गर्नुपर्ने महसुस गरिएको जनाइएको छ। अरु वर्षभन्दा थोरै ढिला गरी घोषणा गर्नुको मुल कारण पनि यही भएको बताइएको छ। सम्पूर्ण बालबालिका अभिभावक, शिक्षक शिक्षिका, विद्यालय, संघसंस्थालगायत व्यक्तिगत तवरमा पनि  महोत्सवमा भाग लिन अनुरोध पनि गरिएको छ। 

महोत्सवमा भाग लिन, बालबालिकासंग सम्बन्धित कथामा, बालबालिका वा वयस्क सबैले अभिनय गर्न पाउनेछन्। त्यसको लागि १५ देखि ४५ मिनेटको नाटक भिडियो खिचेर पठाउनु पर्नेछ।

सम्पादन नगरिएको,  एक सटमा लिएको भिडियोमा बढीमा १० जनासम्म कलाकार राख्न पाइने अथवा एक जना कलाकार मात्र राखेर सोलो नाटक पनि पठाउन सकिनेछ।

फागुन अन्तिम हप्ता संचालन हुने महोत्सवका लागि फाल्गुन १५  गते भित्र प्राप्त भिडियोलाई मात्र प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई सम्मान रूपमा नगद १५,००० रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.