|

काठमाडौं : साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।​

लाजियोको घरेलु मैदानमा बायर्नले ४-१ को जीत निकाल्यो। बायर्नको जीतमा  रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमा गरे। उउनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि तेस्रो स्थानमा पुगेका छन्।

२४ औं मिनेटमा जमाल मुसियालाले गोल गरे। १७ वर्षीय मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। ४२ औं मिनेटमा लेरोय सानेले गोल गरेपछि पाहुना टोलीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो।

दोस्रो हाफको २ मिनेटमा नै बायर्नले आत्मघाति उपाहार गोल पाएको थियो। त्यसपछि लाजिओका लागि  ४९ मिनेटमा क्रोयाले एक गोल फर्काए पति पर्याप्त भएन। 

गएराति नै भएको अर्को खेलमा चेल्सीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.