|

काठमाडौं : देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा  रहेको छ। 

तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

उपत्यकाको न्युनतम तापक्रम आज विहान ९ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २७ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.