|

अष्ट्र्लियाको सरकारले समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानून पारित गरेको छ।

यो कानून प्रस्ताव गरेदेखि नै त्यहाँको सरकार र यी दुई अमेरिकी 'टेक जायन्ट' कम्पनीबीच तनावको स्थिति छ।

यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिङ्क सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।

अघिल्लो साता बिहीबारदेखि लगाइएको सो प्रतिबन्ध मंगलबार फुकुवा भएको थियो।

अस्ट्रेलिया सरकारले ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित’ संवाद होस् भन्ने आफ्नो कानूनको उद्देश्य भएको दाबी गरेको छ

 अष्ट्रेलियाको यो कानूनलाई विश्वभर नै चासोपूर्वक हेरिएको छ। यो प्रकृतिको कानून विश्वकै पहिलो हो।

इन्टरनेटमा प्रविष्ट हुने सामग्री नियमन गर्नुपर्ने आवाज उठिरहँदा अष्ट्रेलियाले एक कदम माथि उठेर मूल्यसमेत नियमन गर्ने प्रयास थालेको हो। फेसबुक र गुगलले भने यो कानूनको विरोध गरिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.