|

काठमाडौं : न‌ेकपाका उपाध्यक्ष वामदेव गौतम पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन्। 

उनी आज विहान ७ बजेर ३० मिनेटमा प्रचण्ड निवास खुमलटार पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकरी दिए। भेटमा गौतमलाई सहकार्यका लागि प्रचण्डले प्रस्ताव गरेको सुवेदीको भनाइ छ। 

गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको सुवेदीले थाहाखबरलाई जानकारी दिए। दुई जनाबीच झण्डै एक घण्टा छलफल भएको थियो। 

प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै गौतम कुनै पनि गुटमा खुलेका छैनन्।  गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपामा दुई गुट सक्रिय छ। प्रचण्ड माधव समूह नयाँ सरकार गठनको कसरतमा रहेको छ। यो गुटका दुई अध्यक्षले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेका थिए। पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्। 

त्यस्तै यो समूहले जनता समाजवादी पार्टीसँग पनि सहकार्यका लागि छलफल गर्दै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.