|

मकवानपुर :  मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आजबाट ‘मेयरकप' फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। 

नगर खेलकुद विकास समिति हेटौंडा उप-महानगरपालिले आयोजना गरेको प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक चौरमा हुनेछ। प्रतियोगिताको दिउसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन्। 

उद्घाटन खेलमा हेटौंडा उप-महानगरपालिको वडा नम्बर एक र एघार नम्बर टीम भिड्नेछन् । फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका सबै १९ वटा वडाका टीम सहभागि हुने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले जानकारी दिए। 

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैंया र उप-विजेताले एकलाख ५० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.