|

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको छ। उनको  शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल पुगेका जोशीलाई  मस्तिष्कघात भएको पुष्टि भएको थियो।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनको  शल्यक्रिया गरिएको हो।  शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै  वीर अस्पताल लगिएको थियो।

जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको उनका सहयोगी सुशान्त आचार्यले जानकारी दिए। पूर्व-उद्योगमन्त्री समेत रहेका जोशी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराम श्रेष्ठसँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.