|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्। गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

संसदीय दलको नेतामा प्रधानमन्त्री ओली छन्। नेकपा विभाजन भएपछि प्रचण्ड माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो।प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित भएको छ। सर्वोच्च अदालतले ओलीको कदमलाई उल्टाइसकेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.