|

काठमाडौं :  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको जोशीको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको बताएको हो।

उनको उपचारमा संलग्न डा राजीव झाले जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको त्यसलाई शल्यक्रिया गरेर पनि निकाल्न नसकिने हुँदा सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको र हाल उनको अवस्था जटिल रहेको बताए।

भिडियो :

मस्तिष्कघात भएपछि जोशीले बान्ता गरेको र त्यो बान्ता फोक्सोमा पुगेपछि फोक्सोमा रहेको पानी निकालिएको समेत बताए। उनले भने, ‘मस्तिष्कघात भएपछि उहाँलाई बान्ता पनि भएको रहेछ हामीले बान्ता निकाल्यौँ पाइप हालेर श्वास फेर्न सहज बनायौँ।'

नर्भिकमा आउँदा आँखामा  फूलो परेको र सिटिस्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको समेत देखिएको उनले बताए। उनले भने, ‘ यहाँ आउँदा उहाँको आँखामा फुलो परेको थियो, यो भनेको आधा दिमागले मात्रै काम गरेछ भन्ने हो  त्यसपछि हामीले सिटिस्क्यान गरियो र  त्यसपछि दिमागमा पानी बन्द भएको पायौँ।'

डा झाका अनुसार यो एकदमै जटिल अवस्था रहेको र  संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू नबाँच्ने र  बाँचेका  ३० प्रतिशतलाई पनि  नराम्रो पक्षघात हुनेसमेत बताए।

शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै  वीर अस्पताल लगिएको थियो। जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको उनका सहयोगी सुशान्त आचार्यले जानकारी दिए। पूर्व-उद्योगमन्त्रीसमेत रहेका जोशी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराम श्रेष्ठसँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.