संसद वा निर्वाचन दुवैतिर लड्न तयार

|

काठमाडौं : ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्नसक्ने बताएका छन्।

अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीसँग कुनै सम्भावना सकिएको छैन। जस्तोसुकै परिस्थिती आएपनि जान सक्छौँ।’ 

उनले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित भएन,नयाँ सरकार बन्न सकेन र झमेला भइरह्यो भने मध्यावधि चुनावको सम्भावना रहेको समेत बताए। 

‘संसद पुनःस्थापना भएपछि मांसाहारी आन्दोलन गर्न पर्दैन भनेर खुसी भएर लड्डु खानुभयो। उहाँहरु आत्तिनुभएको थियो’ उनले भने, ‘निर्वाचन भएको भए आउने सम्भावना छैन। त्यसैले अब दुई बर्ष सांसद हुने भइयो भनेर खुसी हुनुभएको हो।’ 

संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.