|

रुकुम (पूर्व) :  सिस्ने गाउँपालिका–२ मा बिहीबार लागेको डढेलोले उग्र रूप लिइरहेको छ। बिहीबार साँझ सिस्ने–२, प्वाङ स्थित कुरीपानीबाट सुरु भएको आगलागीले शुक्रबार उग्र रूप लिइरहेको हो।

सामुदायिक वन कुरीपानीमा बिहीबार साँझ कसले आगो लगाएका हो भन्ने हालसम्म थाहा नभएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

उक्त डढेलोले अहिले केही महिना मात्र बसोबास गर्दै आएका दुई खरका घर जलेर नष्ट भएको केसीले बताए।

बिहीबार साँझदेखि लागेको डढेलोले शुक्रबार वडाको दतखुना, कुचिबाङ, गोल्खाडा, सुढृ लगायत बस्तीहरूमा डढेलोको उच्च जोखिम बढिरहेको वडाध्यक्ष केसीले जानकारी दिए। डढेलो नियन्त्रणको लागि इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीयहरू लागिरहेका छन्।

केही निश्चित समयको लागि मात्र बसोबास गर्ने गरेका दुई खरका घर जलेर नष्ट भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

प्रहरीलगायत स्थानीय डढेलो नियन्त्रणमा लागि रहेकाले पूरा विवरण भने आउने बाँकी रहेको डिएसपी श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.