|

काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)  र १८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ ११ जना एसपी र १८ जना डीएसपीको सरुवा गरेको हो ।

सरुवा हुने एसपीहरूमा सुरेन्द्र बहादुर गुरुङ, शेखर खनाल, लोकेन्द्र श्रेष्ठ, बसन्त रजौरे, प्रविणलाल श्रेष्ठ, दिनेश कुमार आचार्य, टिका बहादुर केसी, गोपाल चन्द्र भट्टराई, केदार रजौरे, कृष्ण बहादुर पल्ली मगर र ईश्वर कार्की रहेका छन्।

जसमध्ये चार जना जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका हुन्। जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनेमा दिनेश कुमार आचार्य महोत्तरी, गोपाल चन्द्र भट्टराई गुल्मी, कृष्ण बहादुर पल्ली मगर बाग्लुङ र ईश्वर कार्की बर्दिया जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका छन्।

 

यस्तै प्रहरी प्रधान कार्यालयले शुक्रबार नै १८ जना डीएसपीहरूको विभिन्न ठाउँमा सरुवा गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.