|

पर्सा : बालविवाह सम्बन्धी कसुरमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलबाट प्रहरीले १७ वर्षीया किशोरीलाई विवाह गर्न लागेको आरोपमा स्थानीय १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई हिजो पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका दुबै जनामाथि बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.