|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अहिलेको प्रतिनिधिसभा विघटनलाई २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनसँग तुलना गरेका छन्।

मनमोहनले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्दा राजीनामा नदिएर संसदको सामना गरेको उल्लेख गर्दै अहिले पनि प्रधानमन्त्री ओलीले त्यहि अनुसार संसदको सामना गर्न लागेको बताएका हुन्।

‘प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न ! यी बिषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहाँ थियौं अहिले पनि त्यहीं नै छौं।’ उनले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्,‘राजीनामा गर्ने कि हाउसको सामना गर्ने? त्यो बेला जे गरेका थियौं/भनेका थियौं, त्यसै गर्दा अहिले चाहिँ नहुने किन रहेछ?’

अल्पमतको सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि संसद विघटनका लागि सिफारिस गरेका थिए। अधिकारीले राजासँग अर्को चुनावमा जान प्रस्ताव गरेपनि सर्वोच्चले ‘संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेका कारण संसदबाटै नयाँ सरकार बन्नसक्ने’ भन्दै चुनावमा जान दिएन। त्यसपछि अविश्वासको प्रस्ताव पास भयो र शेरबहादुर देउवा प्रधानमन्त्री भए।

अहिले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन चौतर्फी दबाब छ । तर उनी राजीनामा नदिएर संसदमा अविश्वासको प्रस्ताव सामना गरेर जाने तयारीमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.