|

सिन्धुली : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्।

शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान प्रति इमान्दारिता देखाउन नसकेको थापाले आरोप लगाए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको मतको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्र अनुसार एक छेउ पनि काम गर्न नसकेको बताए। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले लोभ र लालचका कारण तीन वर्ष सम्म प्रधानमन्त्री ओलीले जति गल्ती गर्दा पनि चुपचाप लागेर बसेको आरोप लगाए। नेपाली कांग्रेस संसदमा सांसदको संख्यामा कमजोर भए पनि जिम्मेवारीको सवालमा अब्बल रहेको थापाको दाबी थियो।

उनले नेकपाले जति चाँडो झगडा टुंग्याउछ त्यति छिटो देशले निकास पाउने भएकाले छिटो पार्टी भित्रको विवाद समाधान गर्न आग्रहसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.