|

कैलाली : कैलालीको फल्टुडेमा ग्रेडर मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-१ को बजारीमा ग्रेडरले ठक्कर दिदाँ स्थानीय ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो।

सडक मर्मत गरिरहेको बा २ क ८१३५ नम्बरको ग्रेडरले पैदल यात्रा गरिरहेका छेलाललाई ठक्कर दिएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। ग्रेडरको ठक्करबाट घाइते भएका छेलालको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.