|

अमेरिकी औषधि नियामक एफडीएले जोनसन एन्ड जोनसन कम्पनीको कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको छ। 

बीबीसीका अनुसार यो भ्याक्सिन प्रयोग गर्न दिने अमेरिका विश्वकै पहिलो देश हो। 

फाइजर र मोर्डना भ्याक्सिनपछि अमेरिकाले यो तेस्रो भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको हो। 

एकपटक मात्रै लगाए हुने यो भ्याक्सिन आम रेफ्रिजेरेटरमा स्टोर गर्न मिल्ने खबरहरूमा उल्लेख छ। यसअघि अमेरिकामा प्रयोग अनुमति पाएका फाइजर र मोर्डना भ्याक्सिन दुईपटक लगाउनुपर्छ भने स्टोर गर्न डीपफ्रिजर आवश्यक पर्छ। 

जोनसन एन्ड जोनसन कम्पनीले बनाएको यो भ्याक्सिन निकै सस्तो दरमा खरिद गर्न सकिनेछ। खोपको दररेट सार्वजनिक भइसकेको छैन। 

यो कम्पनीले जुन महिनाको अन्त्यसम्ममा अमेरिकाका लागि १० करोड डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। 

बेलायत, यूरोपेली संघ र क्यानडाले पनि यो भ्याक्सिन अर्डर गरेका छन्। को–भ्याक्सले पनि ५० करोड डोज भ्याक्सिन मागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.