काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित निकालेको छ।
गएराति वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले लगातार २०औं जीत निकालेको हो। खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे। वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा गत डिसेम्बर १५ यता एक अंक पनि गुमाएको छैन।
ग्वार्डीयोलाले सिटीका लागि २ सय ७३ खेलमध्ये २ सय खेल जितेका छन्। गएरातिको जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा आफ्नो पकड बलियो पारेको छ। २६ खेलबाट सिटीको ६२ अंक भएको छ ।
एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १३ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ। प्रिमियर लिगमा गएराति भएका अन्य खेलहरुमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई तथा वेष्ट ब्रोमले ब्राईटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।