|

काठमाडौं : अमेरिकामा कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीको खोपले आधिकारिकरुपमा प्रयोगको अनुमति पाएको छ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले उक्त कम्पनीको खोपलाई कोरोनाविरुद्ध देशमा तेस्रो खोपको रुपमा स्वीकृत गरेको हो।

बेल्जियमको कम्पनी जोन्सनले बनाएको खोप अनुमोदन गर्ने अमेरिका पहिलो देश समेत बनेको छ। यसअघि त्यहाँ फाइजर र मोडेर्नाको खोप स्वीकृत भैसकेका थिए। फाइजर र मोडेर्नाको खोपको दुई डोज लगाउनु पर्छ भने यसको एक डोज मात्रै लगाए पुग्छ।

त्यस्तै यो खोप सस्तो र भण्डारण गर्न पनि सहज रहनेछ। यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभएर सामान्य रेफ्रिजिरेटरमा भण्डारण गर्न सकिन्छ। त्यस्तै खोप निकै सस्तो हुने बताइए पनि अहिलेसम्म यसको मूल्यबारे भने जानकारी गराइएको छैन।

कम्पनीले अमेरिकामा जून महिनाको अन्तसम्म १० करोड डोज खोप उपलब्ध गराउने सहमति समेत जनाएको छ। त्यस्तै बेलायत, युरोपियन युनियन र क्यानडाले पनि यस खोपको खरिद प्रक्रिया थालेका छन्।

यसका अतिरिक्त कोभ्याक्स अभियान अन्तर्गत गरीब देशमा हुने आपूर्तिका लागि ५ करोड डोज माग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.