|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा  ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। काठमाडौं उपत्यकामा आज ३७  जना संक्रमित भेटिएका छन्।  

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ। त्यसैगरी, संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ सय ६२ रहेको छ। क्वारेनटिनमा ६८ जना रहेका छन्। कोरोना संक्रमणबाट आज थप १ जना संक्रमितको मृत्यु भएको छ।  नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७४ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.