प्रधानमन्त्री खोज्न परो नि! बहुमत छ भने पार्लियामेन्टमा प्रधानमन्त्री छान्न सक्नुपरो नि

|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भावुक भएको भन्दै लोकतन्त्रप्रति सधैं निष्ठावान रहेको बताएका छन्। 

हिमालय टिभीमा आइतबार साँझको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवप्रति कटाक्ष गर्दै भने, 'उहाँहरु पार्टी फुटाउँदै हुनुहुन्छ। लड्डु खाँदै हुनुहुन्थ्यो। मैले अघिल्लो कार्यकालमा राजीनामा दिँदा भनेको थिएँ, समय सकिएको छैन। कसैलाई लाग्या होला धेरै बोल्छ। भावुक हुन्छ। म न हौसिन्छ। न उत्ताउँछु न लड्डु खान्छु। मेरो लोकतन्त्रप्रतिको निष्ठा र बलिदान चुकाएको मूल्य यो सबै नबुझ्दा निरोले बाँसुरी बजाएको ठान्छ कसैले। कुनैप्रति चिजप्रति मेरो लगाव अत्याकर्षण छैन।'

सर्वोच्च अदालतले तपाईंको विरुद्धमा दिएको निर्णय जन्मदिनमा पर्‍यो नि भन्ने राजेन्द्र बानियाँको प्रश्नमा उनले भने, 'मेरो लागि के फरक पर्छ र? मेरो जिन्दगी देशलाई समर्पण हो। अनौठो हैन। मलाई गोली हान्दा कसैले लैजाँदा यस्तै रहेछ जिन्दगी भनें। संयोग हो। चामत्कारिक ढंगले म बाँचे। त्यस घडीमा म बाँचे। मेरो गन्तव्य प्रधानमन्त्री होइन। अरुको जस्तो पदका लागि मरिमेटेको हैन। पद जाँदै गर्दा म खुसी हुन्छु। देशका लागि काम गरेको छु। म जाँदै गर्दा म खुसी हुन्छु।'

उनले थपे, 'म विश्वको ठेक्का लिन सक्दिनँ। जबसम्म म जुन जिम्मेवारीमा रहन्छु। म जिम्मेवारी पूरा गर्छु। कसैले हारजितको विषय बनाउला। देशमा अस्थिरता आउने भो भनेर संसद विघटन गरेको हो। ती लक्षण देखिएपछि लोकतन्त्रलाई प्रणालीलाई लिकबाहिर जान नदिन फोहोरी खेल हुन नदिन देशको समय बर्बाद हुन नदिन निर्वाचनको मिति तोकेको हुँ।' 

सर्वोच्चको फैसलाले चितवनबाट दाैडिएर विमानस्थलबाट प्रचण्ड नेपाल सीधै बुढानिलकण्ठ जानुलाई पनि कटाक्ष गरे। भने, 'घर छन् उत्तरतिर लाग्छन् दक्षिणतिर प्रधानमन्त्री लिइदिनुस् भन्दै गए।' उनले प्रचण्ड–नेपाललाई कटाक्ष गर्दै ‘प्रभु जप’को आरोप लगाए। 

केपी ओलीले अदालतमा सेटिङ गरेको छ हाम्रो पक्षमा फैसला आएन भने भनेर भन्नुभो नि भन्ने प्रश्नमा उनले भने, 'हैन हैन मैले लोकतन्त्रको कुरा गरेको हो। राष्ट्रियताको कुरा गरेको हो। दिन र क्षण विशेषको कुरा गरेको हो।' २०५२ सालको फैसलाले धेरै विकृति पैदा गरेको भन्दै उनले त्यसपछिका परिणाम गलत आएको दाबी गरे। भने, 'मैले देशलाई फेरि पनि जोगाउन जरुरी छ।'

नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने बानियाकोँ प्रश्नमा उनले भने, 'अदालतले राजीनामा देऊ भन्यो? अदालतले थुप्रै मुद्दा हराएको छ। अदालतले धेरै झगडियाको मुद्दा हेरेको छ।'

अदालतको मुद्दा बेसरोकारको मुद्दा भएको उनको टिप्पणी थियो। भने, 'मैले राजीनामा गर्ने हो? अदालतको फैसलाले अस्थिरता निम्त्याएको छ। प्रधानमन्त्री खोज्न परो नि। बहुमत छ भने पार्लियामेन्टमा प्रधानमन्त्री छान्न सक्नुपरो नि। राजेन्द्र महतोले ठीकै प्रश्न गर्नुभो नि। उपयुक्त देखिए राजीनामा गर्न सकिन्छ। विश्वासको मत लिन सकिन्छ।'

संसद विघटन गलत कि सही भन्ने प्रश्न उनले आफूले  गरेको निर्णयले चुनावतिर देश जाने बताए। उनले सर्वोच्चको निर्णय अब बहसको चरण नरहेको पनि बताए। 
अदालतको निर्णय इतिहासलाई जर्ज गर्न दिनुपर्ने उनको तर्क थियो। 

राजीनामा पत्र कोटकै खल्तीमा छ भन्ने प्रश्नमा उनले भने, 'राजीनामा पत्र म लेख्दिनँ। मैले लेख्नुपर्ने अवस्था छैन। त्यसोभएपछि मैले अरु बाटो समाउन सक्छु। हराउन सक्नुपरो। मलाई हटाउने संसदीय बाटो छ, कानुनी बाटो छ।'

संसदीय दलमा बहुमत आफ्नो भएको भन्दै उनले हाँस्दै उनले संसद बिक्री हुनसक्ने तर्फ संकेत गरे। हस्ताक्षर बेचिएको भन्दै रामकुमारी झाँक्रीको उदाहरण दिए। 'मैले संसद र यो व्यवस्थामा अविश्वास गरेको हैन। त्यस्ता व्यक्तिले संसदलाई अविश्वासी बनाए।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.