|

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप फेरि किन्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५० लाख डोज ‘कोभिसिल्ड’ खरिद गर्न लागेको हो।

यसअघि यसअघि ४ डलरमा २० लाख खोप खरिद गरेको भए पनि अब खरिद गर्न लागेको खोप ५ डलर पर्न आउने मन्त्रालय स्रोतले जनाएको छ।  

यस अघिसेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप मन्त्रालयले पुनः खरिद गर्न लागेको हो। यसअघि ४ डलरमा २० लाख खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानीसहित  सम्झौता गरेको थियो। जसमा १० लाख डोज आइसकेको छ भने बाँकी १० लाख डोज आउने क्रममा रहेको बताइएको छ।

अब मन्त्रालयले पुन किन्न लागेको खोपको  मूल्य खुला बजारको दरमा हुने बताइएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘ पुन ४ डलरमाै खोप दिन आग्रह गरिएको छ तर सकारात्मक जवाफ आएको छैन, त्यसैले अब खुल्ला बजार मूल्यमै खोप खरिद हुन्छ होला।'

यस अघि गत माघ पहिलो हप्ता भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानस्वरूप दिएपछि नेपालमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सुरु भएको थियो।

आगामी  फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाउने तयारी थालेको सरकारले यसअघि भारतबाट अनुदान पाएको ५ लाख र  खरिद गरेको थप २० लाख डोज प्रयोगमा आउने बताएको छ। खरिद गरेको मध्ये १० लाख डोज खोप आइसकेको छ भने १० लाख आउने क्रममा छ।

छिट्टै ८ लाख डोज खोप आउँदै

यस्तै, अबको केही दिनमा नै चीनले अनुदानस्वरूप दिने भनेको ५ लाख डोज खोप र कोभ्याक्सअन्तर्गतको ३ लाख डोज खोप आउन लागेको समेत मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ लाख डोज चीन सरकारको सहयोगमा र ३ लाख २४ हजार डोज खोप कोभ्याक्स फ्यासिलिटीअन्तर्गत आउन लागेको मन्त्रालय स्रोतले जनाएको छ।  कोभ्याक्स अन्तरगर्त कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा आउने भनिएपनि तत्काल भने नेपालले ३ लाख २४ हजार डोज खोप पाउने भएको हो।

 मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले शुक्रबार नै चीन र कोभ्याक्सलाई गत शुक्रबार नै खोप डेलिभरी सेड्युल चाहियो भनेर पत्र पठाएको बताइएको छ।

नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतको सिरम इन्स्टीच्युटबाट उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ। नेपालले चीनको सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोप प्रयोग गर्न अनुमति दिइएको छ। कोभ्याक्सले सिरमले नै उत्पादन गरेको कोभिसिल्ड पठाउने सम्भावना बढी रहेको समेत बताइएको छ।

यसअघि भारतमा निर्मित सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड खोप नेपालमा प्रयोग गर्न अनुमति दिइएको थियो। पछि भारत सरकारले १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराए पछि गत माघ १४ गतेपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरू भएको थियो।

केही दिनअघि सरकारले नै भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको २० लाख डोज कोभिशील्ड खोप खरिद गरेको थियो। खरिद गरेको खोपमध्ये १० लाख डोज नेपालमा आइसकेको छ भने बाँकी १० लाख डोज यसै साताभित्र ल्याइने बताइएको छ।

सरकारले एक साता अघि सिरमसँग प्रतिडोज ४ डलरका दरले कोभिडविरुद्धको ​२० लाख डोज खोप कोभिशिल्ड खरिद गर्ने सम्झौता गरेको थियो।

सम्झौतामा दुई चरणमा गरी १५ दिन भित्र २० लाख डोज खोप नेपाल पठाउने भनिएको थियो। सिरमले सम्झौता भएको ५ दिनमै पहिलो लटको १० लाख डोज खोप पठाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.