|

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै  डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

डोजरको ठक्करबाट स्थानीय ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो। डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो।

घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी उनलाई उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरेको थियो। घटनापछि डोजर चालक फरार छन्।

ठक्करबाट घाइते भएकी महिलालाई डोजर चालकले उद्धार गर्नुको साटो माटोले पुरेको हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहले डोजर चालक र ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.