प्रचण्डलाई जेल हाल्नुपर्ने तर्क

|

कञ्चनपुर : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ठूला राजनीतिक दलहरुमा अझै पनि नश्लीय सोच र चिन्तन हाबी भएकै कारण जनजाति आदिवासीले अधिकार पाउन नसकेको बताएका छन्।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूला पार्टीकै कारण देश विश्वका गरिब देशहरुको सूचीबाट माथि उठ्न नसकेको पनि उनले बताए। 

‘अधिकारको कुरा गर्दा रेशम चौधरीलाई आजीवन काराबास दिइएको छ’, उनले भने, ‘प्रचण्डको नेतृत्वमा गरिएको सशस्त्र जनविद्रोहका नाममा समेत हजारौं जनता मारिएका छन्,' उनले भने, 'सशस्त्र विद्रोहको नेतृत्व गर्ने प्रचण्ड किन जेल जाँदैनन्? कानुन आदिवासी र जनजातिलाई मात्रै लाग्दै आएको छ। विविधताले भरिएको देश भए पनि अझै पनि पहिचान र अधिकार पाउन सकिएको छैन।’ महाकाली सन्धिमा राष्ट्रघात गर्ने  शेरबहादुर देउवा भएका र त्यसलाई पारित गर्ने केपी शर्मा ओली भएका उनले आरोप पनि लगाए। 

स्वदेशमा रोजगारी नहुँदा खाडी मुलुकको ५० डिग्रीभन्दा बढी घाममा काम लाखौं नेपालीले काम गर्नुपर्ने बाध्यता सुनाउँदै उनले दैनिक बाकसमा विदेशमा कमाउन गएकाको लास आउने गरेको बताए। समृद्धिको नारा दिएर गठन भएको सरकारले घरघरमा ग्यास पुर्‍याउने, पानीजहाज चलाउने, रेल कुदाउने झुठा सपना बाँडेको नेता महतोले बताए। 

पार्टी एकिकरण भइसक्दा पनि दुवै पार्टीका संगठनहरु समायोजन हुन ढिलाइ हुनुको कारण कोरोना महामारी भएको उनको तर्क थियो। नेपाली जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेका पनि उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.