|

मकवानपुर : हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा सोमबार वडा नम्बर ५ र वडा नम्बर १८ विजयी भएको छ।
हेटौंडाको हुप्रचौरमा भएको सोमबारको पहिलो खेलमा १२ नम्बर वडालाई १८ नम्बर वडाले २–१ गोलअन्तरले पराजित गर्यो।

खेलको म्यान अफ द म्याच वडा नम्बर १८ का रोशन मोक्तान घोषित भए। यस्तै सोमबार नै भएको दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई टाइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गरेको छ। यो खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का विजयी विक घोषित भए।

नगर खेलकुद विकास समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा फागुन १४ गतेबाट सुरु भएको प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता छ।

प्रतियोगितामा विजेताले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच-पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.