|

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाएका छन्। भारतबाट ल्याइएको कोभिसिल्ड खोप लगाउने उनी पहिलो उच्च अधिकारी हुन्। 

थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर  खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।  उनीबाहेक अन्य सुरक्षा निकायका प्रमुखहरूले पनि खोप लगाएका छैनन्।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले अहिलेसम्म खोप लगाएका छैनन्। 

हालसम्म स्वास्थ्यकर्मी, कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी, पत्रकारलगायतले खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.