|

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन्। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो सवा १२ बजे मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लब भिड्दैछन्।  मध्यपुर युथले आफ्ना ७ खेलबाट जम्मा ४ अंक जोडेको छ। उ अन्तिमबाट दोस्रो स्थानमा छ। यस्तै श्री कुमारी ७ खेलबाट ७ अंक जोडेर आठौँ स्थानमा छ। यस्तै दिउँसो साढे ३ बजे सातदोबाटोमै हुने दोस्रो खेलमा बाँसबारी र पुल्चोक स्पोट्र्स क्लब भिड्दैछन्। ​

बाँसबारीले ७ खेलबाट १५ अंक जोडेको छ। बाँसबारी तेस्रो स्थानमा छ। पुल्चोकले भने जारी लिगमा जितको खाता खोल्न सकेको छैन। दुई खेलमा बराबरीको नतिजा निकालेको पुल्चोक २ अंकसहित पुच्छारमा छ।

हिजोको खेलमा जित निकाल्दै सातदोबाटो युथ क्लबले २२ अंकसहित शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ। अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले टुसाल युथ क्लबलाई पराजित गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.