|

दैलेख : दोस्रो चरणको कोरोना खोप लगाउन दैलेखमा २५२ वटा खोप केन्द्र तोकिएको छ। 

स्वास्थ्य सेवा कार्यालय दैलेखले खोप अभियानलाई तीव्रता दिन जिल्लाका ११ वटै स्थानीय तहमा खोप केन्द्र तोकेको हो।

दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदैछ। यसका लागि कार्यालयले २ सय ५२ वटा खोप केन्द्र सञ्चालन गर्ने भएको हो। 

खोप अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यालयका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले दैलेखमा दोस्रो चरणको खोप दुई चरणमा लगाइने र नियमित २ सय ५२ खोप केन्द्र सञ्चालन गरिने जानकारी दिए। 

उनले यही फागुन २३ गतेबाट सरकारले शुरू गर्न लागेको कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई पूर्ण तालिम दिइने र जनसंख्याको चाप हेरेर विभिन्न ठाउँमा स्वास्थ्य कर्मी खटाउने योजना रहेको बताए। 

सरकारको नीति अनुसार दोस्रो चरणका ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने तयारी भएकोमा दैलेखमा दोस्रो चरणमा अनुमानित ३६ हजार ९ सय १० जनालाई खोप गाइने र सरकारले शिक्षकहरूलाई पनि खोप लगाउने अनुमति दिएको खण्डमा यो संख्या बढ्न सक्ने रेग्मीले बताए। 

दैलेखमा हालसम्म १४ सय ८३ जना स्वास्थ्य कर्मी र १७ सय १ जना पत्रकार जनप्रतिनिधि सरकारी कर्मचारी गरी ३ हजार १ सय ८४ जनाले खोप लगाइसकेका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। 

यस्तै, दैलेखमा कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि ९ दिने निःशुल्क शिविर सञ्चालन हुने भएको छ। 

शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टरहरूले सेवा दिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर राजीव शाहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.