ताप्लेजुङ : मेरिङदेन गाउँपालिका–३ मा रहेका रहेको दोभान बजारमा मंगलबार बिहान लागेको आगलागीमा ४७ घर पूर्णरुपमा क्षति भएको छ।
ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए।
प्रारम्भिक जानकारी अनुसार ४७ वटा घरमा रहेका ७९ परिवार विस्थापित भएका छन्। आगो बिहान ९ बजेतिर स्थानीय टंका गुरागाईले आगो भोला पौडेलको घरबाट सल्किएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।