|

काठमाडौ : ललितपुरको खोकना तोरी खेतीका लागि प्रसिद्ध ठाउँ हो। यहाँका स्थानीयहरू तोरी खेती गर्छन्‌ र कोलमा पेलेर तेल निकाल्ने गर्छन्‌।

​यहाँ तोरीका परम्परागत मिलहरू अझै निकै छन्‌। तोरीको तेल बेचेरै धेरै खोकनाबासीले जीविकोपार्जन गरिरहेका छन्‌।

​बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएपनि यहाँका किसानहरूले तोरी खेती गर्न छाडेका छैनन्‌। ​

केही वर्ष अघिसम्म तोरी खेतीबाट नै जीवन निर्वाह गर्दै आएका किसानहरू जमिन मासिँदै जाँदा चिन्तित छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.