|

कर्णाली : कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित छैनन्। 

आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो। मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ। हालसम्म सुर्खेतमा तीन हजार दुई सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

दैलेखमा एक हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा चार सय २३, कालिकोटमा तीन सय ३३, रुकुम पश्चिममा दुई सय ५७, जाजरकोटमा एक सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो। 

अन्य प्रदेशका पाँच सय ९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो। प्रदेशमा हालसम्म सात हजार पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

तीमध्ये सात हजार तीन सय ८१ सङ्क्रमणमुक्त भएका हुन्। कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ। त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९ सय ९० जनाले खोप लगाइसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.