|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार २१ औं जीत निकालेको छ।  मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४–१ गोल अन्तरले हराएको हो।

सिटीलाई जिताउन गाब्रियल जिससले दुई र रियाद मेहराजले एक गोल गरे। उल्भ्सका लेन्डर डेन्डोक्नरले आत्मघाती गोल गर्दा कोनोर कोएडीले एक गोल फर्काए  आत्मघाती गोल गरेपनि खेल बराबरी उन्मुख भएका बेला सिटीले अन्तिम १३ मिनेटमा तीन गोल गरेको थियो। 

जितसँगै सिटी २७ खेलबाट ६५ अंकसहित लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५० अंक छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.