|

काठमाडौं : ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनर्स्थापनाका मागसहित गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाइएको छ। अग्निपीडितलाई भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग छ।

मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी हुदा ४९ घर जलेर ध्वस्त भएको थियो। यस्तै, डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री थापालाई अग्नि पीडतको दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्पपीडित सरह सहयोगको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो। 

त्यसैगरी ज्ञापनपत्र बुझाउँदै आगलागीका कारण आवासविहीन हुन पुगेकापीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति कम गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागीपीडितका लागिपीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधिसभा सदस्य तथा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताएका छन्। मंगलबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र बुधबार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने उनको भनाइ छ। आवासका निम्ति भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने गृहमन्त्री थापाले बताए।

तत्कालीन राहतको रुपमा गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको जानकारी दिँदै गृहमन्त्री थापाले कार्यविधि सच्याएर अग्नि पीडितको आवास निर्माणका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.