|

काठमाडौं : ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार  स १ ज ५६७ नम्बर को जिपले ठक्कर दिएको हो।

सिन्धुपाल्चोक घर भएकी दाहाल जिपको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो। 

घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.