|

कालिकोट : जिल्लाको स्थानीय हाट बजार शिवनगर जितेगडाको कर्णाली नदीमा गाडी ओहोरदोहोर गर्न बनाएको फेरी पुनः सञ्चालनमा ल्याइएको छ। 

गत वर्ष असारको अविरल वर्षापछि नदीले बगाएर लगेपछि मंगलबार पुन संञ्चालनमा ल्याइएको हो। गत असारमा आएको बाढीले जितेगडामा रहेको फेरी बगाएको थियो। फेरी बगाएपछि यातायातका साधन आवतजावतमा समस्या आएको थियो। 

कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरे सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालिकोट ल्याउनुपर्ने बाध्यता थियो। उद्योग वाणिज्य संघ कालिकोटका उपाध्यक्ष कटक बुढा र अध्यक्षका प्रत्यासी दिल बहादुर शाही लगायतले फेरीको उद्घाटन गरेका हुन्। 

फेरी नहुँदा झोलुंगे पुलबाट महँगो मूल्यमा सामान कामदारबाट बोकाउनुपर्ने बाध्यता थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.